२०८१ चैत्र ४ सोमबार

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को माघ मसान्तसम्म कुल बीमा शुल्क ८१ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका छन्। बीमा समितिले जारी गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार १९ जीवन बीमा कम्पनी उक्त शुल्क आर्जन गरेका हुन्।

७ महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ। कम्पनीले यस अवधिमा २१ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। एलआइसी नेपाल धेरै बीमा शुल्क आर्जन गर्नेको सूचीमा दोस्रो स्थानमा छ। कम्पनीले ९ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै तेस्रो स्थानमा नेशनल लाइफ छ। कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा करिब ७ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा छ। संस्थानले यस अवधिमा ६ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ छ। कम्पनीले करिब ८१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय