२०८२ बैशाख ११ बिहीबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा गरेको कडाइ र एमसीसीलाई लिएर भएको रडाकोको बीचमा सेयर बजार २७०० अंक तल ओर्लिएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार मात्रै सेयर बजार सूचक ५९ अंक तल ओर्लिएको छ।

राष्ट्र बैंकले मौद्रिक समीक्षामा घोषणा गरेको सेयर धितो ऋणको जोखिम भार बढाइ दिएको छ। १०० प्रतिशतको जोखिम भार १५० प्रतिशत पुगेपछि सेयर धितो ऋण पाउन निक्कै गाह्रो हुने छ। यसले गर्दा बजारलाई रातो बाटोमा डोहोर्‍याउन सहयोगी भूमिका खेल्यो।

एमसीसीबारे छलफल गर्न डाकिएको प्रतिनिधि सभाको बैठक बस्ने तय हुँदा बजार फराकिलो अन्तरले घटेको थिएन। तर, खुलेदेखि नै रातो थियो। एमसीसीका बारेमा निर्णय गर्न नसक्ने अवस्था आएर संसद बैठक स्थगित भएपछि बजार फराकिलो अन्तरले घट्न थालेको थियो।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८.९९ अंक घटेर २६६१.४४ को विन्दुसम्म ओर्लिएको छ।परिसूचकले धेरै पटक परिक्षण गरेको २७०० को टेवा विन्दु नै तोडेर तल ओर्लिँदा बिक्रेताहरु ठूलो चाप देखिएको थियो।

‘सेलिङ्ग प्रेसर’ सृजना हुँदा कारोबार रकम पनि साता कै उच्च छ। बिहीबार ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँ बराबरका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर खरिद बिक्रि भएका छन्। परिसूचक दोहोरो अंकले घट्दा कारोबार भएका अधिकाश उपसमूहमा गिरावट देखिएको छ।

सर्वाधिक ३.०१ प्रतिशत घटेको वित्त उपसमूह हो। विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह पनि २ प्रतिशत अधिक घटेका छन्। बाँकी सबै उपसमूहमा पनि एक प्रतिशत अधिक गिरावट देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर