२०८१ मंसिर २३ आईतवार

कठमाडौं । नेपालस्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।

सर्वाधिक माइलेज दिने गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीले जनाएको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधा रहेको कम्पनीले जनाएको छ ।

नयाँ सेलेरियोलाई थप आरामका लागि उर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्विपिङ क्यारेक्टर लाइन र अर्गानिक स्कल्प्टेड थ्रिडी इन्स्टुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ ।

पावर र माइलेजको उत्तम सम्मिश्रण भएको नयाँ जेनेरेसनको डुअल जेट, डुअल भिभिटीयुक्त के–सिरिज इन्जिन प्रयोग गरिएको छ, जसले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिन सक्ने कम्पनीको दाबी छ ।

नयाँ सेलेरियोले कार्बन उत्सर्जनलाई १९ प्रतिशतसम्म घटाउने बताइएको छ । तीन भेरियन्टमा उपलब्ध सेलेरियो भी एक्स आईको मूल्य २७ लाख ९९ हजार, जेट एक्स आईको २९ लाख ९९ हजार र जेट एक्स आई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय