२०८१ माघ २ बुधबार

काठमाडौं । सिद्धार्थ बैंक र वीरगञ्जको गण्डक स्थित कलार्क्स रिर्सोटबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबु राम न्यौपाने र कलाक्र्स रिर्सोटका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कलाक्र्स रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा २० % सम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ % सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय