२०८१ मंसिर २२ शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचन ३० बैशाखमा हुने निर्णयपछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने क्रमले निरन्तर आकासिएको छ । तर पछिल्लो समय देखिएको वस्तु तथा सेवाको मूल्यवृद्धि स्वभाविक भएको वणिज्य विभागका सूचना अधिकारी हरि पंगेनीले बताएका छन ।

व्यवसायी भने अन्तरराष्ट्रिय मूल्यवृद्धि नै प्रमुख भएकाले नेपालमा पनि मूल्य बढेको बताउछन । खानेतेल, पेट्रोलियम पदार्थलगायतको मूल्य अन्तराष्ट्रिय स्तरमै बढे पछि त्यसको असर नेपाली बजारमा पनि परेको बिभागको भनाई छ । सिपिङ चार्ज बढेपछि आयातित वस्तुको मूल्य धेरै नै बढको ब्यवसायीको भनाई छ ।

विदेशबाट आयात हुने वस्तुहरुको मूल्यमा सिपिङ चार्ज पनि जोडिने हुनाले यस्ता वस्तुको मूल्य बढेको हुन सक्ने आकलन गरिएको छ । नेपालमा धेरैजसो वस्तुहरु विदेशबाटै आयात गर्ने गरेको र आयात गरिएको वस्तु डलर तिरेर ल्याउनुपरेकाले महँगाी बढेको सरकारी अधिकारीहरुको भनाई छ ।

बड्दो डलरको मूल्यले पनि नेपाली बजारमा उपभोक्ता मूल्यमा असर पारेको अनुमान गरिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रम र समयानुकुल कतिपय अवस्थामा मूल्यवृद्धि गर्नु स्वभावि मानिन्छ ।

खुला बजारमा मूल्य निर्धारण स्वंय उत्पादक र व्यवसायीको जिम्मेवारीमा पर्ने भएपनि उपभोक्ता नठगिउन भनेर सरकारले निश्चित नाफा लिन पाउने व्यवस्था गरे पनि सो ब्यवस्था कार्यान्व्यनमा आउन नसकेपछि मुल्य बढने क्रम जारी रहेको हो ।

निजी क्षेत्रले आफुखुसी विभिन्न वस्तुहरुको मूल्य बढाइरहँदा पनि अनुगमन र नियमनको जिम्मेवारी पाएको वाणिज्य विभागले बजार अनुगमन गर्न सकेको छैन । वाणिज्य तथा आपुर्ति मन्त्रालय मन्त्रीविहिन हुँदा पनि नियामक निकाय सक्रिय हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको भनाई छ ।

हाल पेटोलको मुल्य प्रति लिटर १ सय ४२ रुपैयाँ पुगेको छ । यस्तो अवस्थामा नेपाल आयल निगमले भारतबाट आयात हुने तेलको मूल्य पुनः बढेर आएकाले अझै बढ्ने संकेत गरेको छ । जसको भार पुनः उपभोक्तालाई पर्ने देखिएको छ । केही दिन यता तरकारीको मूल्य प्रतिकिलो ५ देखि ५० रुपैयाँसम्म बढेको छ ।

तर ब्यवसायीहरु भने मूल्यवृद्धि आफ्ना कारणले नभएको बताएका छन । हाल खानेतेलको मूल्य प्रतिलिटर २० देखि २५ रुपैयाँले बढेको छ । यसको कारण कच्चापदार्थमा भएको मूल्यवृद्धि रहेको ब्यवसायीको भनाई छ ।

वाणिज्य विभागले ठुला उद्योगीहरुलाई भन्दा पनि साना व्यवसायीलाई निशाना बनाएर अनुगमन गरेको कारणे त्यसको सिधै मार उपभोक्तालाई परेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताएका छन ।

तुलाधारका अनुसार अनुसार पछिल्लो समय खानेतेलको मूल्य नै प्रतिलिटर २० देखि २५ रुपैयाँले बढेर आएको छ । बजारमा हाल चामलको मूल्य प्रतिबोरा ५० देखि १ सय, मुसुरोको दाल किलोमा २० रुपैयाँ सम्मे र चिनीको मूल्य किलोमा ५ रुपैयाँ भन्दा बढिले बढेको छ ।

केहिदिन अघि प्रतिकिलो ९५ रुपैयाँमा विक्री भईरहेको चिनी अहिले प्रतिकिलो १ सय रुपैयाँमा बिक्री भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय