२०८१ माघ ८ मंगलवार

काठमाडौं । विगत २१ वर्षदेखि शिक्षा, तालिम र परामर्शमा आबद्ध केएफएले आफ्नो नारा ‘भिजन वियोन्ड द बक्स’ लाई आत्मसाथ गर्दै नेपाली शिक्षा जगतमा विकसित मुलुकमा प्रमाणित विभिन्न नयाँ अध्ययन विधि लागू गर्दै आएको छ ।

यहाँ एम बि.ए.प्लस मा १२ पिलर छन् भने बि.एच.एम. अन्तर्गत १० पिलर छन् । त्यस्तै यसै वर्षदेखि शुरुवात हुन लागेको बि.सि.एस.आई. टी.मा पनि ९ पिलर राखिएका छन् । यी सबै पिलरको उद्देश्य शैक्षिक पाठ्यक्रम बाहेक अरु सीप र अवसर प्रदान गर्नु हो ।

यसले विद्यार्थीहरुको समग्र विकासमा सहयोग पुर्याइ काम र शिक्षाबीचको सीपको अन्तर कम गर्न ठूलो भूमिका खेल्ने केएफए सि.ई.ओ किश्लय झाले बताए । व्यावसायिक तालिम र परामर्शबाट बटुलिएका अनुभवका आधारमा यस्ता स्तम्भको निर्माण गरिएको उनले बताए ।

एम बि ए अन्तर्गत एकैपटकमा दुई शिक्षकले पढाउने, विद्यार्थीको क्षमता पहिचान गराइ त्यहीँ अनुरुपको करियरमा लाग्न प्रोत्साहित गर्ने, विद्यार्थीकै अग्रसरतामा प्लेसमेन्ट सेल संचालन गर्ने, कर्पोरेट लाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने जस्ता विभिन्न रचनात्मक विधि केएफए मा मात्र रहेको उनले बताए ।

यस्तै बिएचएम अन्तर्गत सैद्धान्तिक र प्रयोगात्मक शिक्षासँगै लग्ने, विभिन्न सीपमूलक तालिम प्रदान गर्ने, वास्तविक अनुभवका लागि ठूला होटेलमा लैजाने, काम गर्ने अवसर प्रदान गर्ने जस्ता महत्वपूर्ण पिलर रहेका छन् ।

भर्चुअल अफिस स्थापना गरी नेटवर्क र सेकुरिटी सिक्ने, कम्पनीमै गइ स्थलगत अनुभव लिने, साइबर सुरक्षाको क्षेत्रमा अपडेटेड राख्न विभिन्न तालिम प्रदान गर्ने, व्यवस्थापनका गुण सिकाउने जस्ता विभिन्न अन्य पिलरले बि.सि.एस. आइटी पनि आकर्षक बनेको छ ।

पिलरहरु र यसको फाइदाका बारेमा बुझ्न ०१-४४९१४१४ मा सम्पर्क गर्न सकिनेछ साथै एम। बि। ए, बिएचएम वा बि.सि.एस. आई टी. का लागि एडमिसन पनि गराउन सकिनेछ । कोभिडले पारेको प्रभावलाई मध्यनजर गर्दै यहाँ कोभिड विशेष छुटका साथै अन्य छात्रवृत्तिको पनि व्यस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय