काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को सात महिनामा ६ खर्ब ३ अर्ब खर्च गरेको छ। चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फ सरकारले सो खर्च गरेको हो। यो अवधिमा सरकारले सबैभन्दा धेरै खर्च चालु शीर्षकमा गरेको छ। चालु शीर्षकमा सरकारले ४ खर्ब ८४ अर्ब खर्च गरेको छ। विकास खर्च ६३ अर्ब ७८ करोड खर्च भएको छ।
यो कुल खर्च लक्ष्यको १६.८७ प्रतिशत खर्च हो। यस्तै वित्तीय व्यवस्थातर्फ ५४ अर्ब ६१ करोड खर्च भएको छ। यो अवधिमा सरकारी खातामा भने ६ खर्ब ७२ अर्ब जम्मा भएको छ।
जसमा सबैभन्दा धेरै राजस्व शीर्षकमा ५ खर्ब ६८ अर्ब गैरकर राजस्वमा ५२ अर्ब ८६ करोड संकलन भएको छ। यस्तै अनुदान शीर्षकमा १३ अर्ब ८८ करोड र अन्य शीर्षकमा ३७ अर्ब १९ करोड संकलन भएको छ।