२०८२ असार १ आईतवार

काठमाडौं । करिव एक दशक अघि २०६७ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैँया थियो । तर अहिले८६ रुपैँया पुगेको छ । यो अन्तरालमा ७ पटकमा दूधको मूल्य ४१ रुपैयाँ बढेको छ ।

राष्ट्रिय दूग्ध विकास बोर्डका अनुसार २०६७ सालमा प्रतिलिटर ४ रुपैयाँ, २०६९ मा २ रुपैयाँ, २०७० मा ६ रुपैयाँ, २०७१ मा ८ रुपैयाँ , २०७४ मा ६ रुपैयाँ, २०७६ मा ६ रुपैयाँ र २०७८ मा ९ रुपैयाँ बढेर ८६ रुपैयाँ पुगेको हो ।

बोर्डको एक अध्ययन अनुसार नेपालमा करिब ३० लाख घरपरिवार दूध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । पछिल्लोसमय बढेकाे मुल्यको किसानले ६ रुपैयाँँ ५२ पैसा हात पार्ने बोर्डको दावी छ । बोर्डको नयाँ निति अनुसार अब २ बर्षपछि मात्र दूधको मूल्य समायोजन हुनेछ ।

मूल्यवृद्धि मात्रै समाधान हो ?
दश वर्षको अन्तरालमा ६ पटक दूधको मूल्यमा वृद्धि भएको छ । किसान र उद्योगीहरूको मागलाई दुग्ध विकास बोर्डले साथ दिएर मूल्य वृद्धिको सिफारिस गरेको जनाएको छ। दूधको मूल्य कुनकुन समयमा कति वृद्धि भयो ? वृद्धिको आधार के हो ? बढेको मूल्य किसानसम्म पुग्छ कि पुग्दैन ?

गाइवस्तुको दाना, किसानको उत्पादन लागत र श्रमिकको ज्याला वृद्धिलगायतका कारणलाई आधार मानेर मूल्यवृद्धि गरिएको बोर्डले जनाएको छ । केही वर्ष अघिसम्म सरकारले आफूखुशी मूल्य बढाउँदै आएको थियो ।

तर राष्ट्रिय दुग्ध विकास नीति २०७८ अनुसार हरेक २ वर्षमा वार्षिक मूल्यवृद्धि एवम् उत्पादन लागतका आधारमा दूधको मूल्य पुनरावलोकन हुने गर्दछ । यो पटक दूधको मूल्य बढ्नु स्वाभाविक भएको र बढेको मूल्यमा ७२ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसा किसानकै हातमा पुग्ने सरकारको दाबी छ।

सरकारले ९ रुपैयाँ बढाएपछि दुग्ध विकास संस्थान र निजी डेरीहरुले उपभोक्ता मूल्य भने १४ रुपैयाँसम्म वृद्धि गरेका छन् । फ्याटका आधारमा उपभोक्ता मूल्य निर्धारण गर्ने भएकाले ९ रुपैयाँदेखि १४ रुपैयाँसम्म बढेको निजी क्षेत्रको दाबी छ ।

बोर्डका अनुसार नेपालमा करिब ३० लाख घरपरिवार दूध उत्पादनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । यसमध्ये १२ लाखले धरायसी उपभोग र १८ लाख किसानले धरायसी उपभोगसँगै नियमित विक्री गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय