काठमाडौ । ओपोले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत ए–१६को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले ४ जिबी ¥याम र ६४ जिबी रोम भएको भेरियन्टको स्मार्टफोन सार्वजनिक गरेको हो ।
नयाँ फोनको डिजाइन निकै आकर्षक हुनुका साथै यसको प्रदर्शनी क्षमता पनि अब्बल रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो नयाँ भेरियन्टको फोन विशेष युवा पुस्ता लक्षित छ । नयाँ भेरियन्टको ए–१६ मा ६.५२ इन्चको एचडी प्लस आई केयर डिस्प्ले प्रयोग गरिएको छ । सुरक्षाको लागि फोनमा साइड फिंगरप्रिन्ट रिकग्निसन विशेषता समावेश गरिएको छ ।
‘स्टाइल र कार्य क्षमतामा ओपो ए–१६ मा कुनै सम्झौता गरिएको छैन। ट्रेन्डी डिजाइन सहितको यो फोनमा उच्च कोटीको ट्रिपल क्यामेरा दिइएको छ । यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ताबिना दैनिकीको मज्जा लिन सघाउँछ’ ओपो नेपालका ब्रान्ड निर्देशक पियरसन शेनले नयाँ फोन सार्वजनिक गर्दै भनेको पनि विज्ञप्तिमा उल्लेख छ ।
फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ भने २ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो क्यामेरा छ । फोनको अगाडि भागमा ८ मेगा पिक्सलको सेल्फी क्यामेरा छ । नयाँ ए–१६ मा पाँच हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्री छ ।
ब्याट्रीलाई एक पटक पूरा चार्ज गर्दा ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा युट्युब भिडिओ प्लेब्याकको मज्जा लिन सकिने कम्पनीले दाबी गरेको छ । ४ जिबी ¥याम र ६४ जिबी रोम भएको यो फोनको अतिरिक्त स्टोरेजका लागि २५६ जिबीसम्मको एसडी कार्ड प्रयोग गरेर बढाउन सकिन्छ ।
बजारमा ए–१६ को नयाँ भेरियन्ट कालो, निलो र सिल्भर गरी विभिन्न तीन रंगमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ । यस्को बजार मुल्य २२ हजार ९ सय ९० रुपैया रहेको छ ।