२०८१ माघ २ बुधबार

काठमाडौं । निसानले आज नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स (Navara Pro 4X) लन्च गरेको घोषणा गरेको छ ।

८० वर्ष भन्दा लामो समय देखि पिकअप सेगमेन्टमा विश्वासिलो बन्दै आइरहेको निसानले ग्राहकका लागि एड्भान्स्ड टेक्नोलोजी सहितका उत्पादन उपलब्ध गराउने कुरामा विश्वास गर्दछ ।

अल–न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेका छन्, जसले नभारालाई अझै एड्भान्स्ड बनाएको छ ।

द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ । त्यसैगरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ ।

नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ । नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ । त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको आकर्षक फिचर छ ।

यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।

निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले भन्नुभयो, ‘हामी नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व गर्छौ । अल–न्यु नभाराको उपलब्धता पश्चात हामीले हाम्रा विवेकी ग्राहकका लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउने छौ र यसले बजारमा निसानको स्थितिलाई अझै बलियो बनाउन सहयोग गर्नेछ।’

पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले भन्नुभयो, ‘नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको छ र हामी नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित छौ । पहिलो लाइफस्टाइल एडिसन युटिलिटी भेइकलको रुपमा द अल–न्यु नभारा लन्च गरेकोमा हामी गौरवान्वित छौ । यो नयाँ उत्पादन उपलब्ध गराएर हामीले सहरी क्षेत्रमा बढिरहेका ग्राहकको चाहनालाई पुरा गर्न र बजारमा हाम्रो उपस्थितिलाई अझै बलियो बनाउन सक्षम हुने विश्वास गरेका छौ ।’

निसान इन्डियाका एक्सपोर्ट–सीबीयु एन्ड साउथ एसिया बिजनेस युनिटका हेड रघुनाथ नायरले भन्नुभयो, ‘निसान नभाराको लाइफस्टाइल एडिसन लन्च गरेर हामीले ग्राहकलाई बेस्ट–इन–क्लास भेइकल उपलब्ध गराएका छौ । नेपाल हाम्रो लागि महत्वपूर्ण बजार भएको सन्दर्भमा आगामी दिनमा समेत अन र अफरोडका लागि डाइनामिक पर्फमेन्स र सेफ्टी तथा कम्फर्टयुक्त बेस्ट–इन–क्लास कार लगातार रुपमा उपलब्ध गराउदै जानेछौ ।’

द अल–न्यु नभारामा नयाँ फिचरको रुपमा बडी–कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट –ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् । द अल–न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय