२०८१ मंसिर २३ आईतवार

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि चालु आर्थिक वर्ष २०७८ ७९ को पहिलो ६ महिनामा झण्डै १० अर्ब रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको तथ्यांक छ ।

नेपालले प्राप्त गर्यो साढे ४ करोडभन्दा बढी खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् ।

मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन् । प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए ।

‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ,’ मन्त्री खतिवडाले भने, ‘२०७८ माघ २७ गते सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय