
काठमाडौं । पूर्व रुकुमको महतमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले पुर्व रुकुम जिल्लाको भुमे गाउँपालिका, महतमा २३ माघबाट ९२ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।
यहाँ सेवा संचालनका लागि स्थानीय व्यवसायी धनबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य छ ।
यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने बताइएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।