२०८२ जेष्ठ १० शनिबार

काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपीएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमा नै पहिलोपटक लेटेस्ट वाई–फाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्नेछन् ।

डिशहोमले ल्याएको WIFI 6 राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।

eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय