२०८१ चैत्र २ शनिबार

काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी निकाएको मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्ने भनेर लेखेको असोज १३ गतेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताए । ‘यो प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्ने तथा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछौं समय दिनुपर्यो ।’

उनले भने, ‘एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो ?’ देउवा र दाहाललाई कस्ता कूटनीतिज्ञले यस्तो सुझाव दिएको हो भन्ने पनि नेता रावलको जिज्ञासा थियो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी सम्झौता नहुँदैमा अमेरिका र नेपाल सम्बन्धमा कुनै असर पर्दैन भनेर अभिव्यक्ति दिइरहेका बेला नेपालका कूटनीतिज्ञ भने सम्बन्ध बिग्रिन्छ भन्ने अभिव्यक्ति दिइरहेकोप्रति रावलले आपत्ति जनाए ।

प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई लेखेको पत्र नेपालको कूटनीति कसरी चलेको छ भन्ने कुराको ज्वलन्त नमूना भएको रावलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय