२०८१ मंसिर २२ शनिबार

काठमाडौ । रेवन इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल वर्ल्ड २०२१ का बिजेतालाई हरपल फुड्स प्रालिले बजारमा बिक्री बितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्धारा एक समारोहका बीच सम्मान गरेको छ ।

उक्त बधाई एवं सम्मान समारोहमा मिसेस नेपाल वर्ल्ड २०२१ को बिजेता दीक्षाश्री के.सी. मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, मिसेस नेपाल वर्ल्ड थर्ड रनरअप मनिता प्याकुरेल र मिसेस नेपाल वल्र्ड भ्युअर्स च्वाइस माधुरी कर्णलाई स्वागत एवं सम्मान गरिएको थियो ।

कार्यक्रम हरपल फुड्स प्रालिका अध्यक्ष जनक बहादुर धामीको अध्यक्षतामा भएको थियो । ग्यालेक्सी जम्बो बासमती राइसले यस किसिमको कार्यक्रम राखी सम्मान दिई महिला तथा गृहिणीको क्षमता विकासका क्षेत्रमा ग्यालेक्सी जम्बो बासमती राइसले अझ उर्जा दिएको र केही गर्ने हाम्रो अठोट र आटलाई तला थपेको मिसेस नेपाल वर्ल्डका बिजेता केसीले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा हरपल फुड्स र नेचर सुपर मार्केटका अध्यक्ष धामी, कि एडभरटाइजिङका अध्यक्ष रवीन्द्र रिजाल, निर्देशक,कलाकार, हास्य अभिनेत्री एवं हरपल चामल एवं नेचर सुपरमार्केटका ब्राण्ड एम्बेसेडर दीपाश्री निरौलाको उपस्थित रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय