काठमाडौं । अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई सजिलो हुने गरी बिडेन-ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यलाई स्टडी ग्रुपले स्वागत गरेको छ ।
अध्ययनपछि अमेरिकामा आफ्नो करियर निर्माण गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बिडेन-ह्यारिस प्रशासनले भर्खरै केही योजना घोषणा गरेको छ, जसले विद्यार्थीको अध्ययनपछिको रोजगारी र अमेरिकाको बसाइलाई सजिलो बनाउने दाबी गरिएको छ ।
उक्त योजनाअनुसारका कार्यक्रममा अध्ययनका लागि २२ नयाँ विषय थपिएका छन्, जुन एफ १ भिसा भएका विद्यार्थीलाई उक्त विषयमा स्नातक, स्नातकोत्तर र पिएचडी गर्न सक्षम बनाउन र अध्ययनपछि कामको अनुभव प्राप्त गर्न ३६ महिनासम्म अमेरिकामा बस्न पाउनेछन् ।
त्यसबाहेक अमेरिकी सरकारको शैक्षिक र सांस्कृतिक मामिला हेर्ने ब्युरो इसिएले आप्रवासी-आप्रवासी ब्रिज युएसए एक्सचेन्ज आगन्तुकलाई सुविधा दिनेछ र जे १ स्नातक र स्नातकोत्तर विद्यार्थीलाई ३६ महिनासम्म उल्लेखित क्षेत्रमा थप शैक्षिक प्रशिक्षण पनि प्रदान गर्नेछ ।
स्टडी ग्रुपका युनिभर्सिटी पार्टनरसिपका कार्यकारी उपाध्यक्ष जोशुआ रुबिनले भन्नुभयो, ‘हामी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विधाका विश्वव्यापी प्रतिभा आकर्षित गर्न अमेरिकी सरकारले पेश गरेको नयाँ योजनालाई स्वागत गर्छौं, यस योजनाले अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विधामा डिग्रीस्तरका कार्यक्रम अध्ययन गर्न इच्छुक विद्यार्थीले विश्वस्तरीय शिक्षा लिन र सम्बन्धित कामको अनुभव प्राप्त गर्न सक्छन् ।’