२०८१ मंसिर २२ शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “NIBL गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्ययभार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंकले विश्वास लिएको छ ।

यस मुद्दती खाताका विशेषताहरु निम्नानुसार रहेका छन् : निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने । यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने । न्यूनतम रु. दश हजारमा मुद्दती खाता खोल्न सकिने । निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने । सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । बैंकलाई अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय