काठमाडौं । फेसबुकको १८ वर्षे इतिहासमै पहिलोपटक यसका दैनिक सक्रिय प्रयोगकर्ता निकै घटेका छन् हो। सन् २०२१ को चौथो त्रैमास, अक्टोबर-डिसेम्बरमा सक्रिय प्रयोगकर्ता घटेर एक अर्ब ९२ करोडमा झरेको छ।
फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार २०२१ को तेस्रो त्रैमासमा सक्रिय प्रयोगकर्ता एक अर्ब ९३ करोड थिए। सक्रिय प्रयोगकर्ता मात्रै नभएर फेसबुकको आम्दानीसमेत घटेको छ। टिकटक र युट्युबमा प्रयोगकर्ता झुम्मिदा त्यसको प्रत्यक्ष असर फेसबुकमा परेको छ।
साथै, विज्ञापनदाताहरुले आफ्नो खर्च कटौती गरेकाले फेसबुकको आम्दानी घट्न पुगेको बताइएको छ। सक्रिय प्रयोगकर्ता र आम्दानी गुम्नुका साथै कम्पनीको सेयर मूल्य पनि झरेको छ।
त्यसैगरी, मेटाका सीइओ मार्क जुकरबर्गको महत्वकांक्षी ‘मेटाभर्स’ मा कम्पनीले १० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ। नयाँ नाममा कम्पनी गएपछि मेटाले एप्पल, गुगलसहितका प्रतिस्पर्धी कम्पीहरुबाट इन्जिनियर नियुक्त गरिरहेको छ।