काठमाडौं । सन् २०२२ को जनवरी महिनामा नेपाल आउने पर्यटक संख्या गतवर्षको सोही अवधिको भन्दा दोब्बरले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ को जनवरी महिना भन्दा सन् २०२२ को जनवरी महिनामा झण्डै दोब्बरले नेपाल घुम्न विदेशी पर्यटक आएको देखिएको छ ।
गत वर्षको जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका थिए । तर यो बर्षको जनवरी महिनामा १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका बोर्डले सार्वजनिक गरेको तथ्याकंले देखाएको छ ।
बोर्डको अध्यागमन विभागले उपलब्ध गराएको विवरण अनुसार यो वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाल भित्रिएका पर्यटकमा सार्क राष्ट्र रहेका छन । ति मुलुकका ५ हजार ब्यक्तिले नेपाल भ्रमण गरेका हुन । यो संगै एसियाका १ हजार पर्यटक नेपालमा आएको तथ्याकले देखाएको छ । गत वर्षको जनवरीमा २ हजार पर्यटक मात्रै नेपाल घुम्न आएका थिए ।
युरोपबाट भने यो वर्षको सूरुवातामा नेपाल आउने पर्यटक बढेका छन । जनवरी महिनामा मात्रै युरोपबाट ३ हजार ५ सय २७ जना पर्यटक नेपाल आएको देखिएको छ । गत वर्षको जनवरीमा ७ सय ११ जना पर्यटक मात्रै नेपाल आएका थिए ।
अमेरिकाबाट १ हजार ६ सय बढी पर्यटक नेपाल आएका छन् । यी सबै गरेर यो वर्ष १६ हजार ८ सय बढी पर्यटक नेपाल भित्रिएका हुन् । सबै पर्यटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएका छन ।स्थलमार्गबाट नेपाल आउने पर्यटकको संख्या सरकार संग नै रहेको छैन ।
गतवर्ष कोरोना भाइरसको महामारी संगै सवै भन्दा बढि प्रभावित हुनेमा पर्यटन व्यवसाय रहेको थियो । यो क्षेत्रसंग आश्रित लाखौ व्यक्तिले आफनो रोजीरोट समेत गुमाएका थिए । सोही कारण सरकारले पर्यटन लक्ष्यित राहतको कार्यक्रम समेत ल्याएको थियो ।
त्यतिखेर पर्यटन क्षेत्रमा ठुलो संकट देखिएको प्रचार प्रसार संगै विश्व समुदायमा नकारात्मक सन्देश गएको थियो । तर यो बर्ष विश्वभर नै कोरोना बिरुद्धको खोपले व्यापकता पाएसंगै नेपाल आउने पर्यटकको मनोभावना मजबुत देखिएको कारण पर्यटक आवागमन बढेको हो ।















