
काठमाडौ । मर्जरको गृहकार्यमा एक दर्जन बाणिज्य बैक जुटेका छन । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै एकीकृत कारोबार गर्ने पालो कुरीरहेका नबिल बैंक र अन्य निजी क्षेत्रका करिव १० वटा जति बैंकले मर्जर गर्ने सम्बन्धमा गृहकार्य स्वरुप छलफल गरेका हुन ।
केन्द्रीय बैंकको मर्जर नीतिपछि पहिलो विग मर्जर गरेको ग्लोबल आइएमई बैंकले पनि पुनः साझेदारको खोजी सुरु गरीरहेको छ । प्रभु बैंक, माछापुच्छ्रे, हिमालयन, इन्भेष्टमेन्ट, सिद्धार्थ बैंक लगायतले पनि मर्जरको लागि साझेदारको खोजीमा रहेका छन । केन्द्रीय बैंकले ७ बैंकमाथि मर्जरको लागि चासो राखेको पनि जनाएको छ ।
ती बैकहरुमा सिभिल, बैंक अफ काठमाडौं, सनराइज, कुमारी, एनसीसी, सेञ्चुरी र नेपाल बंगलादेश बैंक रहेका छन । ती बैंकहरुको अन्य बैंकको तुलनामा चुक्ता पुँजी आधार कम रहेको छ । निक्षेप, कर्जा, खुद सम्पत्ति लगायतका सूचकमा पनि कमजोर रहेका पनि वित्तीय अवस्थामाले देखाएको छ ।
एन बि बैक लाई नबिल बैंकले प्राप्ति गर्ने निर्णय गरीसकेको छ । त्यस्तै सेञ्चुरी र प्रभु बैंकबीच पनि मर्जरको लागि अन्तिम छलफल चलिरहेको बैक अधिकारीहरुले बताएका छन । माछापुच्छ्रेले पनि मर्जरको लागि गृहकार्य गरीरहेको छ । माछापुच्छ्रेको कुमारी बैंकसँग मर्जरको लागि छलफल गरीरहेको छ ।
यो संगै एनसीसी बैंकसँग मर्जर गर्ने विषयमा ग्लोबल आइएमई बैंकको पनि प्रारम्भिक गृहकार्य सूरु भएको छ । केन्द्रीय बैकले बढीमा वाणिज्य बैंकको संख्या २० वटामा झार्नुपर्ने बताउदै आएको छ । यस्तो अवस्थामा हाल कायम रहेको २७ बाणिज्य बैकहरु मध्ये १ दर्जन जति बैक मर्जरमा गएपछि बन्ने बैकहरुलाई कार्य गर्न सहज हुन सक्ने विज्ञहरुले बताएका छन ।