२०८१ चैत्र ५ मंगलवार

काठमाडौ । साँग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक शुरुवाती मूल्यमा गाडीको बुकिग सुरु गरेको छ । साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो ।

यस अर्गनाइजेसनले विगत ८ दशक देखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक कम्पनी हो ।

साँग्रिला मोटर्स आफ्ना ग्राहकका लागि विश्वस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ । यसको शोरुम र सर्भिस स्टेसन प्रशिक्षित कर्मचारीका साथ उत्कृष्ट सेवाको अनुभव सुनिश्चित गर्न नवीनतम उपकरणहरुका साथ तयार रहेको पनि उल्लेख छ ।

कम्पनीले सार्वजनिक गरेको ज्याक टि ८ पिक अफ ट्रक विश्वको ४० भन्दा धेरै देशमा पहिलो रोजाई बनेको छ । जर्मनीको एफइीभि सँग मिलेर बनाइएको यसमा टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय