२०८२ मंसिर १ सोमबार

काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आलेले मनोमानी रुपमा क्यासिनोको इजाजतपत्र वितरण गरेको पाइएको छ । मन्त्री आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५ वटा क्यासिनोको इजाजत-पत्र जारी भइसकेको छ ।

झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसन,नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्ट, नेपालगञ्जकै होटल स्टार लाइटको भेन्यू रिक्रिएसन, नेपालगञ्जकै होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्ट र होटल कल्पतरुस्थित ओम त्रयम्बकम इन्टरटेन्मेन्ट क्यासिनोलाई मन्त्री आलेले इजाजत-पत्र दिएका छन ।

अहिले क्यासिनोको संख्या २२ पुगिसकेको छ । नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिको राय अनुसार २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलेले मनोमानी इजाजत-पत्र बाढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय