काठमाडौं । पछिल्लो दुई महिनायता डलरको भाउमा तिब्र उतारचढाब देखिएको छ। जसअनुसार, दुई साताको अवधिमा नेपाली रुपैयाँको भाउ एक रुपैयाँ ७८ पैसाले कमजोर छ।
शुक्रबार एक अमेरिकी डलरको भाउ १२० रुपैया ३० पैसा निर्धारण गरिएको थियो। जबकी १४ दिनअघि भाउ घटेर ११८ रुपैयाँ ५२ पैसासम्म आएको थियो।
राष्ट्र बैंकका अनुसार डेढ वर्षयताको उच्चतम बिन्दु पुगेर डलर ओर्लिन थालेको थियो। तर फेरी डलर बलियो देखिन थालेको हो। भारु कमजोर भएका कारण डलरको मूल्य बढ्न थालेको हो। भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ।
यही बीचमा डलरको भाउ १२२ रुपैयाँ २८ पैसासम्म पुगेको थियो। र घटेर ११८ रुपैयाँ ५२ पैसासम्म आएको थियो। यस हिसाबले डलरको भाउमा दुई महिनामा ३ रुपैयाँ ७६ पैसाको उतारचढाब देखिएको छ।