२०८१ चैत्र २ शनिबार

काठमाडौँ । यो साताभर डेढ सय अंक घटेको शेयर बजार हिजो बिहीबार भने एकल अंक मात्रै भएपनि उक्लिएको छ। बिहीबार नेप्से ३.३३ अंकले बढेर २७७९.९८ को विन्दुमा अडिएको छ।

यो साता लगानीकर्ताले झन्डै १.९८ खर्ब रुपैयाँ पुँजी गुमाएका छन्। साताको सुरुवातमा ४१.२७ खर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहिबारको कारोबार पश्चात घटेर ३९.२८ खर्ब रुपैयाँमा सिमित छ।

साताको सुरुवातमा सात आठ अर्ब रहेको कारोबार रकम बिहीबारसम्म आइपुग्दा सवा ३ अर्ब रुपैयाँमा सिमित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय