
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।
अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।