२०८१ चैत्र १४ बिहीबार

काठमाण्डौ । सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा न.पा.वडा नं.०५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख विवेककुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरु तथा केही स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले गरेका थिए।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय