२०८१ चैत्र २ शनिबार

काठमाडौं । इक्याबले यात्रुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न इसेवा शुभारम्भ गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।

इक्याबका अनुसार उक्त सेवा नेपालकै पहिलो क्युआर कोडसहितको एपमार्फत् दिइने सेवा हो । जसमार्फत् सेवाग्राहीले डिजिटल भुक्तानी वा सोझै नगद भुक्तानी गर्न सक्नेछन् ।

उक्त सेवा बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली युवा समूहको अग्रसरतामा सञ्चालनमा आएको हो । जसमा युरोप तथा अमेरिकालगायत विभिन्न देशमा सञ्चालन गरिएको डिजिटल प्रविधिको प्रयोग हुने बताइएको छ ।

पासवर्डसहितको एप प्रयोगका लागि दुई तहको आधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ, जुन सहज र सुरक्षित छ । यात्रा सुरु गर्नुअघि राइड भेरिफिकेसन कोड निश्चित गर्नुपर्ने हुन्छ ।

नयाँ प्रविधि जडित यस्तो सेवामा यात्राका क्रममा प्रयोगकर्ता कहाँ र कुन बाटोमा यात्रा गर्दैछ, साथी र परिवारले एसएमएस वा इमेलबाट तत्काल जानकारी प्राप्त गर्न सक्ने बताइएको छ । यस्तो सेवामार्फत् ठगिनबाट जोगिने र सामान छुट्ने, हराउने या दुर्घटनाबाट समेत सुरक्षित हुने इक्याब नेपालका अध्यक्ष दिपक श्रेष्ठको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय