२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । यति एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच सम्झौता भएसँगै यति एयरलाइन्स मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ ।

यति एयरलाइन्सको कार्यालयमा आयोजित सम्झौतापत्रमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । मञ्चमा आबद्ध सदस्य उद्यमीले यतिका जहाजमार्फत् आवतजावत गर्दा सहुलियत पाउनेछन् ।

युवा उद्यमीका विभिन्न प्रदेशमा हुने तालिम, सभा, सम्मेलन, गोष्ठी तथा कार्यक्रममा यात्रा गर्दा यति मोबाइल एप अथवा सदस्य कार्डमार्फत् यति एयरलाइन्सको गन्तव्यमा सहुलियत प्राप्त गर्न सक्ने, यति स्काई–क्लब कार्यक्रममा सहकार्य गर्नेलगायत रहेका छन् ।

यतिका प्रमुख कार्यकारी अधिकृत रिमालले समृद्ध मुलुक निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवा उद्यमीलाई अघि बढाउन यति एयरलाइन्स सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

मञ्चका अध्यक्ष श्रेष्ठले युवालाई उद्यम क्षेत्रमा अघि बढाउन यतिसँगको सहकार्यले सहयोग पुग्ने र देशभरका युवालाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सन् २००३ मा स्थापित मञ्चमा हाल देशभरका सात सयभन्दा बढी सक्रिय युवा उद्यमीको आबद्धता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर