२०८१ चैत्र ४ सोमबार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिदै यस बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोक मा रहेको श्री चोईना विणा गुरु गणेश आधारभुत विद्यालयलमा अध्ययनरत छात्र छात्राहरुलाई विभिन्न आधारभुत शैक्षिक सामाग्री एवं खानेपानी को लागी आवश्यक उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुका साथै यस किसीमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको बिकासमा टेवा पुग्ने बताए ।

बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घीमा बैंक सधै कटिबद्घ रहेको कुरा जानकारी गराए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय