काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लगानीकर्तालाई वितरण गर्ने ३३ प्रतिशत लाभांश साधारणसभाबाट पारित गरेको छ । बिहीबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले ३० प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद गरी ३३ प्रतिशत लाभांश पारित गरेको हो । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा भएको साधारणसभामा उहाँले कोरोनापछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताउनुभएको थियो । बैंकका हाल ७७ जिल्लामा दुई सय ५७ शाखा, दुई सय ४१ एटिएम र ९८ शाखारहित बैंकिङ सेवा रहेका छन् ।