सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन भएको थियो ।
साधारणसभाले बैंकको चुक्तापूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्तापुँजीमा रु. नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँचसय दुई रुपैयाँ पचास पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्तापुँजीको ०.३० प्रतिशतले हुन आउने रकम रु. दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारणसभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।