२०८१ माघ ८ मंगलवार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकसँगको दायित्व ५९ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। बुधबारसमेत गरेर बैंक तथा वित्तीय संस्थाहरुले रिपो, आउटराइट पर्चेज, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत लिएको सापटी दायित्व ५९ अर्ब रुपैयाँ नाघेको हो।

बैंक तथा वित्तीय संस्थाहरुले बुधबार मात्र १४ अर्ब ३६ करोड रुपैयाँ एसएलएफ उठाएका छन्। १२ वटा संस्थाले सात दिनका लागि ५ प्रतिशत ब्याजको एसएलएफ उठाएका हुन्।

एउटा बैंकले ५० करोड रुपैयाँ ओभरनाइट रिपो पनि लिएको छ। राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउनुका साथै स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्ने सीमा ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याएपछि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल आएको छ। तर, अनिवार्य तरलता अनुपात बापत ३ प्रतिशत राष्ट्र बैंकमा राख्नु पर्ने पैसा नहुँदा उनीहरुले सापटी चलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय