
काठमाडौं । गोर्खा इको प्यानलको उत्पादक इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालि र भक्तपुर फुटबल क्लबबीच सम्झौता भएको छ । भक्तपुरको फुटबलको विकासमा सहकार्यका साथै एकअर्काबीचमा सहयोग आदानप्रदान गर्ने उद्देश्यका साथ सम्झौता भएको हो ।
सम्झौतापत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुरेश कवां र भक्तपुर एफसीका अध्यक्ष राम प्रजापतिले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार गोर्खा इको प्यानलले भक्तपुरको लिवालिमा रहेको भक्तपुर फुटबल क्लबको भौतिक संरचनागत विकासमा सहयोग गर्नेछन् । गोर्खा इको प्यानल र भक्तपुर फुटबल क्लबबीच यसअघिदेखि नै सहकार्य हुँंदै आएको छ ।