२०८१ पुष २९ सोमबार

काठमाडौं । वाणिज्य बैंकहरुमा एकै सातामा ५९ अर्ब रुपैयाँले निक्षेप बढेको छ। पुसको दोस्रो साताबाट निक्षेपमा अप्रत्यासित सुधार हुन थालेको हो। दुई सातामा मात्र ७३ अर्बले निक्षेप बढेको छ। ऋण लगानीमा आक्रामक भएका कारण बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको थियो। उच्च आयातका कारण निक्षेप घटेको थियो।

राष्ट्र बैंकले ५२ अर्ब पुनर्कर्जा उपलब्ध गराउनुका साथै स्थानीय तहमा जाने बजेटमध्ये ५० प्रतिशतको सीमालाई बढाएर ८० प्रतिशत पुर्‍याउँदै निक्षेपमा गणना गर्न दिएपछि तरलतामा सुधार भएको हो।

यही निक्षेपका कारण बैंकहरुमा निक्षेप बढेको हो। पछिल्ला दिन आयात पनि केही कम भएको छ। यसले गर्दा पनि निक्षेपमा सुधार भएको हो। साथै सरकारले पनि पुँजीगत खर्च केही बढाएको छ।

पुसमा मात्र बैंकको निक्षेप ७० अर्बले बढेको छ। चालु वर्ष कुल निक्षेप एक खर्ब ६ अर्ब रुपैयाँले बढेको छ। अहिले निक्षेप ४३ खर्ब ७ अर्ब पुगेको छ।

एक सातामा ऋण भने जम्मा ८ अर्बले बढेको छ। पुसमा २३ अर्बले बढेको छ भने चालु वर्ष ३ खर्ब ८७ अर्ब रुपैयाँले बढेको छ। कुल ऋण ४१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर