
काठमाडौं । सुन र चाँदीको आयातमा गरिएको नीतिगत सुधारको सकारात्मक असर देखिन थालेको दाबी अर्थसचिव मधुकुमार मरासिनीले गरेका छन्। संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव मरासिनीले नीतिगत सुधारले सुनचाँदीको अपचलनमा पनि कमी आएको बताए।
चाँदीमा सरकारले भन्सार महसुल वृद्धि गरेको छ। भन्सार वृद्धि गरिएपछि मासिक ४९ हजार केजीसम्म आयात हुने चाँदी अहिले मासिक ५ हजारमा किलोमा सीमित भएको उनले बताए।
यस्तै विदेशबाट आउने यात्रुले ल्याउने सुनमा कडाइ गर्दा यसले पनि सकारात्मक असर देखिएको छ। हालसम्म यात्रुबाट ल्याइएको एक सय ५५ किलो सुन समातिएको छ। यसको मूल्य एक अर्ब २२ करोड रुपैयाँ हुन आउँछ। जसबाट १४ करोड बराबर राजस्व संकलन भएको छ।
राजस्व संकलनको लक्ष्य पुरा गर्ने बताए।