काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालबाट एक महिनामा करिब ७५ हजार युवा विदेशका विभिन्न देश गएका छन् । कोरोनाका कारण शिथिल बनेको वैदेशिक रोजगारी पूरानै शैलिमा फर्किन थालेकोले गत मंसिर महिनामा ७४ हजार ३ सय ५४ जना नेपाली विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
गत कात्तिक र मंसिर महिना गरेर पछिल्लो दुई महिनामा नेपालबाट १ लाख १९ हजार युवा रोजगारीका लागि गएको विभागको तथ्यांक छ । विगत १८ महिनादेखि रोकिएको बैदेशिक रोजगारीको माग एकै पटक आउँदा विदेश जाने युवाको संख्या बढेको विभागले उल्लेख गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामै खाडी, मलेसिया तथा अन्य मुलुकमा रोजगारीका लागि ७४ हजार ३ सय ५४ नेपालबाट विदेशिएका मध्यै मंसिरमा मात्रै म्यानपावारमार्फत ३१ हजार ३१ जना युवा विदेश पुगेका हुन् ।