काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवी नेपालले शेयर बजार राज्य सञ्चालन राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताउनुभएको छ। उहाँले विगत ७ वर्ष अगाडि जति शेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताउनु भयो ।
पूर्वगभर्नर नेपालले लामो समयदेखि पुजीँ बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताउनुभयो । यहाँले पछिल्लो समय शेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताउनु भयो ।
नेपालले बजारमा सुधार हुन नसक्नु शेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई जुवा घर, अनुत्पादक क्षेत्र र सम्राराज्यवादको विस्तारित रुपजस्ता विचारले बजार विकास हुन नसकेको बताउनुभयो ।
उहाँले शेयर बजार एकदमै सम्वेदनशिल क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले शेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताउनुभयो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीतिमार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक संधै बजारप्रति सकारात्मक रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमा ४/१२ करोडको सिमा तोक्ने समय गलत भएको बताउनुभयो ।
अब नेप्सेलाई सरकारले नीजि साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको बताउनुभयो । पूर्वगभर्नर नेपालले विश्वमा नै शेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताउनुभयो ।