२०८२ फाल्गुन ३ आईतवार

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस सेयर समेत दिने गरी लाभांश घोषणा गरेका हुन् ।

घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारण सभा सम्पन्न गरी वितरणको निर्णय समेत पारित गराइसकेको तथा केही चाहिँ साधारण सभाको तयारीमा छन् । सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ ।

नबिलले ३३.६ प्रतिशत बोनस सेयर तथा ४.४० प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । त्यस्तै गत आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।

त्यस्तै हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ । धैरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९४७ प्रतिशत नगद सहित १७.८९४७, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगद सहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस तथा ३.३८९ प्रतिशत नगद सहित १६ प्रतिशत र सिटिजन्स बैंकले १२.९१३ बोनस तथा ३.०८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने जनाएका छन् ।

लाभांश घोषणा गरेको एनएमबि बैंकले आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर तथा ३.३० प्रतिशत नगद सहित १५.८० प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद गरी १५.७८९५, नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरी कुल १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५ प्रतिशत नगद सहित १५ प्रतिशत, माच्छापुच्छ्रे बैंकले १३.३० प्रतिशत बोनस तथा ०.७० प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आइएमई बैैंकले १० प्रतिशत बोनस तथा ३.५० प्रतिशत नगदसहित १३.५० प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रभु बैंकले आफ्ना सेयरधनीलाई १२ बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३ प्रतिशत लाभांश दिने भएको छ । मेगा बैंकले १० प्रतिशत बोनस तथा २.०७ नगद सहित १२.०७ प्रतिशत आफ्ना सेयरधनीलाई दिने भएको छ ।

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.०५ नगद गरेर ११.०५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैैंकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद सहित ७ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन् ।

सेञ्चुरी बैंकको लगानीकर्तालाई बैंकले ५.७५ प्रतिशत बोनस तथा ०.३ प्रतिशत नगद गरी ६.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै नेपाल एसबिआई बैंकले ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय