२०८२ फाल्गुन २९ शुक्रबार

सौर्य अनलाइन२०७८ पुष ७ गते ९:२४ मा प्रकाशित

काठमाडौ । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्सले अत्तरियामा आफ्नो सेल्स सर्भिस एण्ड स्पेयर्स सुविधा सम्पन्न नयाँ शोरुम बागेश्वोरी मल्टी मोटर्स संचालनमा ल्याएको छ ।

शोरुम उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलाली गोदावरीका उप–मेयर रत्ना कदायर, उद्योग बाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटा, वडा अध्यक्ष शर्मान्द भट्ट, अत्तरिया प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल, अत्तरिया ट्राफिक प्रमुख बाम देव गौतम, टीभीएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका उप सभापति,निर्देशक दीपक कुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियार को उपस्थिती रहेको थियो ।

कार्यक्रममा बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले ग्राहकले अत्याधिक रुचाएको ब्राण्ड, टीभीएसको थ्रीएस सुविधा सम्पन्न नयाँ शोरुम अत्तरियामा खोल्न पाउँदा खुसी लागेको बताए । नयाँ शोरुमले टीभीएसका बाईक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्नेमा कम्पनी आशाबादी रहेको छ ।

नयाँ शोरुमको उद्घाटन संगै कम्पनीले कार्यक्रम मार्फत यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर पनि सार्वजनिक गरेको छ । ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरंग ३ का गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पगेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल, मिडिया व्यक्तित्व नरेश भट्टराई र निता प्रधांगना, टिक–टक स्टार उषा उप्रेती लगायतको उपस्थिती रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर