काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १४ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सो मात्राको लाभांश पाउने छन् । साथै, सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद-१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक बिष्ट यसअघि पनि बैंकको सञ्चालक थिए ।
अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै सेयरधनीलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।