काठमाडौं । एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्घारा निर्माण भइरहेको हो ।
यस आयोजनाहरुमा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । १३.५ मेगावाट सुपर कावेली खोला– ए जलविद्युत आयोजना तथा १२ मेगावाट सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमश रु २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रहेको छ जसमध्ये बैकहरुको लगानी क्रमश रु. १ अर्ब ८९ करोड तथा रु. १ अर्ब ६७ करोड रहने जानकारी गराईएको छ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।















