२०८१ माघ ११ शुक्रबार

काठमाडौ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्स बीच कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो ।

सम्झौता पश्चात कोषका सहभागी र कर्मचारीले न्युरो अस्पतालबाट उपचार सेवा लिदा छुट पाउनेछन । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०,एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने छ ।

नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय