२०८२ माघ ८ बिहीबार

काठमाडौं । नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन साथी मार्टको ब्रान्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त हुनुभएको छ । बिहीबार एक कार्यक्रमबीच मार्टले हमाललाई ब्रान्ड एम्बेडसर नियुक्त गरेको घोषणा गरेको हो ।

काठमाडौंमा मात्र मार्ट सफल हुन सक्छ भन्ने मान्यतालाई गलत साबित गर्दै सुरुवातको १६ महिनामै सातै प्रदेशका शहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै साथी मार्टले काँकडभित्तादेखि दार्चुला अनि जिरीदेखि ढल्केबरसम्म सेवा विस्तार गरेको छ ।

बेरोजगार तथा नेपालमै बसेर केही गरौँ भन्ने सोचका युवालाई लक्षित गरी साथी मार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एन्ड अर्न गर्ने गरी ‘साथी मार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यही वर्ष कम्तीमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

जसअन्तर्गत साथी प्रोडक्सनका उत्पादन र साथी मार्टमा उपलब्ध अन्य सामान रिफर गरी ३० प्रतिशतसम्म आम्दानी गर्न सकिने साथी मार्टको दाबी छ । आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी साथी मार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलियट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

साथी मार्टको आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिने साथी मार्टका संस्थापक प्रमुख कार्यकारी अधिकृत सागर पोखरेलले बताउनुभयो ।

साथी मार्टले चालु आर्थिक वर्षमा तीन सय प्रतिशतसम्म बिक्री बढाउने लक्ष्य लिएको छ । पोखरेलका अनुसार बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलियट मार्केटिङ, नयाँ अफर, फ्ल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर