२०८१ पुष २९ सोमबार

काठमाडौ । अमेरिकी डलरको भाउ डेढ बर्षयताकै सबैभन्दा उच्चतम बिन्दुमा पुगेको छ । अमेरिकी डलर सर्वाधिक बलियो हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ।

डलरको भाउ बुधबार १२१ रुपैयाँ ६९ पैसाको तुलनामा बिहीबार १२२ रुपैयाँ २८ पैसा पुगेको छ। यद्यपि यो सर्वाधिक उचाई भने होइन। डलरको भाउ २०७७ वैशाख १० गते सर्वाधिक उचाइमा पुगेको थियो। त्यो दिन डलर १२३ रुपैयाँ २४ पैसा पुगेको थियो।

भारतीय मुद्रा कमजोर हुँदा त्यसैसँग जोडिएर नेपाली रुपैयाँ कमजोर भएको हो। भारुसँगको स्थिर विनिमय दरका कारण भारु तल-माथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। यसबेला रेमिटेन्स पठाउनेले बढी मूल्य पाउँछन्।
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ।

वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोग्य वस्तुको मूल्यमा देखिन थाल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर