२०८१ मंसिर २३ आईतवार

काठमाडौ । चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ । ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत टिमुर बियर उत्पादन गरिएको हो । यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको भनाइ छ ।

सिजी ब्रुअरीले बेला–बेलामा आफ्ना बियरका पारखीरूका लागि फरक स्वादमा बियर उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार यस्ता उत्पादन उपभोक्ताबीच अत्यन्तै लोकप्रिय सावित हुँदै आएका छन् ।

टिमुरको स्वादमा उत्पादन गरिएको यो वियरले उपभोक्तालाई सन्तुष्टि दिने विश्वास कम्पनीको छ । नेपाली समाजमा परम्परादेखि टिमुरलाई चिसोबाट जोगिनका लगि उपभोग गरिदैँ आएको छ । टिमुरको समिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउनका लागि उत्कृष्ट मानिएको छ ।

यो बियर ६५० मि.लि. र ३३० मि.लि. बोतलमा बजारमा उपलब्ध छ । ६५० मि.लि. प्रति बोतलको उपभोक्ता मूल्य ३ सय ४० र ३ सय ३० मि.लि. बोतलको उपभोक्ता मूल्य १ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय