२०८१ माघ २७ आईतवार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा संघीय सरकारको राजस्व परिचालन ४३ प्रतिशतले बढेको छ ।

सो अवधिमा सरकारको राजस्व परिचालन (बाँडफाँट अघिको रोयल्टी समेत) गत आर्थिक वर्षको सोही अवधिको रू. १ खर्ब ४९ अर्ब ५२ करोडको तुलनामा ४३.८ प्रतिशतले वृद्धि भई रू. २ खर्ब १४ अर्ब ९४ करोड पुगेको हो ।

यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व गत आर्थिक वर्षको रू. २२ अर्ब ८४ करोडको तुलनामा ३०.८ प्रतिशतले वृद्धि भई रू. २९ अर्ब ८७ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय