काठमाडौं । टिडीओ नेपालले ‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टको विजेतालाई पुरस्कार वितरण गरेको छ । टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसाद शाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरेका हुन ।
उक्त अवसरमा नभन्कर सुदले टिडीओ नेपालको एमहेल्थ जस्ता पहलले हरेक दिन सेवाको प्रयोगकर्तामा वृद्धि ल्याइरहेको बताए । टिडीओ नेपालको सबै स्वास्थ सम्बन्धित सेवा ग्राहकले आकर्षक मूल्यमा रोजेको भाषा मार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्नेछन ।
उक्त कार्यक्रममा ‘एसएमएस गरौं बाइक जितौं’कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो । विजेताको नामावली टिडीओ नेपालको वेबसाइटमा राखिएको पनि कम्पनीले जनाएको छ ।