२०८१ माघ ८ मंगलवार

काठमाडौं । अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले सोमबार ४३ अर्ब ४५ करोड रुपैयाँ सापटी चलाएका छन्।

राष्ट्र बैंकका अनुसार १७ वटा बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका हुन्। राष्ट्र बैंकका अनुसार सोमबारसम्म गरेर चालु आर्थिक वर्ष २३ खर्ब ३३ अर्ब २ करोड २० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन्।

सोमबार एक अर्ब ७५ करोड ४६ लाख रुपैयाँ ओभर नाइट रिपो चलेको छ। ४ वटा संस्थाले यो सापटी लिएका हुन्। चालु वर्ष ६५ अर्ब ५५ करोड ५० लाख ५० हजार रुपैयाँ लिइसकेका छन।

एसएलएफ, ओभरनाइट रिपो, रिपो र आउटराइट पर्चेज गरेर बैंक तथा वित्तीय संस्थाहरुको दायित्व राष्ट्र बैंकसँग एक खर्ब ३६ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय