२०८१ माघ २ बुधबार

काठमाडौं । सोल्टी होटल लिमिटेडले भोली मंगलबार आफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछ। कोभिडका कारण नोक्सानीमा गएको होटलले मंसिर २८ गते वार्षिक साधारणसभा डाकेको हो।

कम्पनीको गत असोज २२ गते बसेको संचालक समितिको २३५औं बैंठकको निर्णय बमोजिम ४७औं वार्षिक साधारण सभा मिति तय गरिएको हो।साधारणसभा भर्चुअल माध्यमबाट हुने जनाइएको छ।

कम्पनीले ग्लोबल चेन बाहिरिएपछिको पहिलो वार्षिक साधारणसभा डाकेको हो। कम्पनीले वार्षिक साधरण सभामार्फत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने छ।

कोभिडका कारण पर्यटन क्षेत्र समस्यामा छ। यही कारण व्यापार नहुँदा कम्पनी अहिले घाटामा छ। गत आर्थिक वर्ष मात्रै कम्पनी १८ करोड ६० लाख रुपैयाँ घाटामा छ।

कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ छ। यसको जगेडा कोषमा ६ करोड २१ लाख रुपैयाँ छ। कम्पनीले नेपालगञ्ज र पोखरामा होटल खोलेको छ। काठमाडौंको होटलको पनि संरचना सुधार गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय