२०८१ चैत्र २ शनिबार

काठमाडौं । मौद्रिक समिक्षापछि सेयर बजारमा १४७ अंकको गिरावट आएको छ। साताको अन्तिम दिन ४९ अंकले घटेको बजार आइतबार ८० अंक, सोमबार २१ अंक र मंगलबार २ अंकले घटेको थियो। हप्ताभरीमा बजार एक दिन मात्रै ५ अंकले बढेक थियो। गत हप्ता २७३१ बिन्दुमा रहेको नेप्से सूचक यो हप्ता २६८४ बिन्दुमा झरेको छ।

शेयर लगानीकर्ताको मनोबल कमजोर हुँदै जादा लगातार नेप्सेमा गिरावट आएको छ । यो साताको अन्तिम कारोबार दिन विहीबार मात्रै नेप्से सूचक ४९ अंकले ओरालो लागेको छ ।

अघिल्लो सातादेखि नै घट्न थालेको बजार गत साताका दुई दिन सकारात्मक रहेको थियो । तर यो साताको पाँचै कारोबार दिन बजार नकारात्मक रह्यो । यो साता मात्रै बजार १४७ अंकले ओरालो लागेको छ । पछिल्लो १० कारोबार दिनमा नेप्से सूचक १८४ अंकले ओरालो लागेको छ ।

लगानीकर्ताको मनोबल उठ्न नसक्दा बजार निरन्तर ओरालो लागेको छ भने शेयर किनबेचमा समेत सुस्तता देखिएको छ । लगानीकर्ताको मनोबल उकास्ने प्रयासहरु कतैबाट नहुँदा सामान्य लगानीकर्ताहरुमा झनै अन्योलता बढेको छ ।

सरकार र सरोकारवालाले पूँजी बजारका समस्या समाधान गर्न कुनै चासो नदिएको, तरलता अभाव र बैंक ब्याजदर लगायतले पनि लगानीकर्ताको मनोबल खस्किएको एक लगानीकर्ताले बताए ।

मौद्रिक समीक्षाले शेयर लगानीकर्तालाई केहि राहात दिने अपेक्षा गरिएको भएपनि राष्ट्र बैंकले लगानीकर्ताको अपेक्षा सम्बोधन नगरेपछि बजार निरन्तर ओरालो लाग्दै आएको छ । लगानीकर्ताको मनोबल उच्च नभए सम्म बजारमा सुधार हुन विश्लेषकहरु बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय